Monday, November 24, 2008

माओवादी हिन्सा त्यागेको घोषणा गर


राणा कालमा नेपाली कांग्रेस स्थापना भएदेखी र त्यस भन्दा पहिले नै कतिपय ब्यक्तिगत र कतिपय साना तिना संगठन मिलेर उनिहरु बिरुद्ध बिरोध सुरु भएको थियो । त्यस्पछी कांग्रेस ले २००७ सालमा सशस्त्र संघर्श सुरु गर्‍यो । प्रजातन्त्रको स्थापना भएपछी कांग्रेस भित्रको आन्तरिक कलह गहिरिन पुग्यो । फल्स्वरुप न संबिधान बन्यो न देशमा बिकासको कुनै जग नै बस्न सक्यो । सत्ताका खेल र नेताका झेलले अर्ध चेतनामा रहेका जनतालाई न आकर्शित गर्न सक्यो न त भबिस्यमा हुन सक्ने कुनै प्रतिगामी कदमको बिरोधको लागि तयार । त्यसैको फल्स्वरुप १७ सालको काण्ड घट्यो । कांग्रेस र कम्युनिष्ट आआफ्नै ढंगले लग्भग ३० बर्ष पञ्चायत बिरुद्ध लडे । घ्रिणा, हिन्सा र बिरोध एउटा मुल मन्त्र नै बन्यो नेपाली राजनीतिमा । बिरोधिको बिरोध गर्नै पर्ने र त्यस्लाई जसरी पनि सत्ताच्युत गर्नै पर्ने एउटा गलत सन्स्कार बस्यो । त्यो बिरोधको सन्स्कारलाई २०५२ देखी माओवादीले संगठित हिन्सामा परीणत गरे ।

वास्तवमा हिन्सा जती नै राम्रो उद्देश्य र परिणामका लागि गरिएपनी त्यो समाज र राष्ट्रको लागि घातक नै हुन्छ । बिरोधको र सत्ता प्राप्तिको सैली बोली, जनपरिचालन र शान्तिपूर्ण हुँदा त्यस्ले जती राज्य सत्ता बिरुद्ध दबाब पार्न सक्छ त्यो हतियारले हुँदैन । त्यस्को उदाहरण हेर्न नेपाल काफी छ । माओवादीले गाउमा जती त्रास फैलाएपनी, जती पकड जमाएको दाबी गरेपनी वास्तवमा राजतन्त्रको अन्त्य शान्तिपूर्ण जन आन्दोलनले नै भएको हो भन्नेमा शायदै कसैलाई भ्रम होला । १३००० भन्दा बढी मान्छे मर्दा उत्पन्न नभएको भुकम्प १९ दिने शान्तिपूर्ण जनान्दोलनले पैदा गरिदिएको थियो । फल्स्वरुप अढाइ सय बर्ष पुरानो राजतन्त्र नेपाली राजनीति बाट बिलाएको हो । माओवादीले अझै १० बर्षमा पनि नेपालमा गणतन्त्र स्थापना गर्न सक्ने थिएनन् । यो घाम जत्तिकै छर्लङग छ ।


तर माओवादीको सिको गरेर नेपालमा दर्जनौ हतियारको राजनीति गर्ने संगठनहरु खुलेका छन् । तराइ नरक नै भईसक्यो । त्यहा राज्यको नियन्त्रण त छैन नै आम जनता पनि अनगिन्ती संगठनका मारमा परेका छन् । सबै समस्याको समाधान हतियार बोकेरै हुन्छ भन्ने भावना नेपालीमा बिकास भईसकेको छ । दशकौ सम्म नेपालमा जनता बिच राजनीति गरिरहेका पार्टीहरुको भन्दा संबिधान सभा निर्वाचन भन्दा केही महिना अघी दर्ता भएका पार्टीहरुको बढी सिट संबिधान सभामा आउनुले त्यसलाई प्रमाणित गर्दछ । कस्ले चर्को बोल्ने, कस्ले बढी हान्ने र कस्ले बढी बन्द, हड्ताल , हत्या र आतंक श्रीजना गर्ने भन्ने मापदन्डकै आधारमा पार्टीको साइज निर्धारण भएको छ । त्यसैले देश अहिले हिन्सा र आतंकको नराम्रो जालोमा फसेको छ । अर्काको अस्तित्व समाप्त नगरेसम्म आफ्नो अस्तित्व नदेख्ने अनौठो जङगली र मध्ययुगिन सोच बिकास भएको छ । देश कसैको नियन्त्रणमा छैन । लाग्छ अब देश कसैले बचाउन सक्दैन ।

तर समस्या सँगै समाधान पनि छ । माओवादी सुध्रे भने धेरै सुध्रिन्छ । वाइसियल सुध्रे युथ फोर्स सुध्रिन्छ । यतिबेला माओवादीले हिन्सा परीत्याग गरेको घोषणा गर्नु पर्दछ । आफ्ना उदण्ड कार्यकर्ता र हत्यारा वाइ सि यल सदस्यलाई कानुनी कारबाही गर्न सक्नु पर्दछ । राज्यको सबै डाडु पनियो आफ्नै हातमा हुँदा पनि समानान्तर सरकार, न्याय र सुरक्षाको काम गर्ने अर्को निकाय खडा गर्नु कानुनी राज्यको उपहास हो । हत्या र हिन्साले कसैलाई फाईदा गर्दैन भन्ने बुझ्न अब माओवादीले ढिलो गर्न हुन्न । जती ढिलो हुन्छ देश त जान्छ जान्छ माओवादी पनि सँगै जानेछन् । आखिर देश रहे न पार्टी रहन्छन् । देशै नरहे के को पार्टी ? के को वाइसियल ? के को माओवादी ? पहिले हतियारले राज्यलाई राजधानी केन्द्रित बनाउने माओवादी आँफै राजधानी केन्द्रित हुन अब धेरै दिन कुर्न शायद नपर्ला । हतियारले टिकेको सत्तालाई हतियारले नै ढाल्नु पर्छ भन्ने मुल मन्त्र अरुले पनि सिकेर संगठित रुपमै माओवादी बिरुद्ध बिद्रोह हुनु अघी नै आज सम्मका हत्या र हिन्साको लागि माफि माग्दै आइन्दा कुनै खाले हिन्सा नदोहोर्याउने प्रतिबद्दता गर्नै पर्दछ । त्यो भन्दा उत्तम बिकल्प बिबादमा अल्झिरहेको माओवादीलाई केही पनि छैन ।

Wednesday, November 19, 2008





म हराएको सुचना
सन् २००४ फेब्रुअरी ५ तारिखमा अमेरिका आएदेखी म मेरो आफ्नो भूमिका, मेरो स्थान र मेरो धरातलको खोजिमा छु । तर मैले आफुलाई कहिल्यै भेट्टाउन सकिन । धेरै पैसा कमाउने ठुलो सपना छोडेर पनि म आफ्नो परिचयको खोजिमा अझै भौतारीइरहेको छु । खै मैले कहिले चिन्छु, कहिले पत्ता लगाउछु, यो संसारको भुमरिमा, यती सारा मान्छेहरुको भिड्मा । तर म आफ्नो खोजी जारी राखेको छु । यहाँहरुले पनि मलाई कतै भेट्टाउनु हुन्छ कि ?
धेरै महत्वाकाङ्क्ष्या नभएको इक्ष्या धेरै भएको


आशा धेरै भएको निराशा हुँदै नभएको


तर दुनियाँ चिन्न नसकेको


धन चिन्न नभ्याएको


म हराएको छु


भेट्टाएमा मलाई नै बुझाई दिनु होला ।
गाउमा मास्टरी गर्दा गर्दै


डि.भि चिट्ठा परेर


थोत्रो साईकल बेचेर


हावाजात चढेर


सरर अम्रिका छिरेको


डलर को भारी पुर्याउन


कहिले उता अनी कहिले यता गर्ने


तर बैंक खातामा जीरो


र क्रेडिट कार्ड मा टन्न क्रेडिट भएको


म हराएको छु


भेट्टाएमा मलाई नै बुझाई दिनु होला ।
सहयोग गर्न खोज्ने


असहयोग गर्नै नजान्ने


राम्रो गर्ने तर जस कत्ती नपाउने


नराम्रो नगर्ने


तर गाली पाउने


स्पस्ट बोल्दा गाली खाने


तर चाप्लुसी गर्नै नजान्ने


साचो बोल्ने बानी भएको


तर सबैलाई चित्त बुझ्ने कुरा नजान्ने


म हराएको छु


भेट्टाएमा मलाई नै बुझाई दिनुहोला ।
दर्शन नपढेको


तर दार्शनिक पढेको सिद्धान्त नपढेको


तर ज्ञान पढेको धेरै जान्न खोज्ने


तर केही थाहा नभएको


पढ्न खोज्ने तर पढेको बिर्सने बानी भएको


लेख्न खोज्ने तर लेख्न नजान्ने


हास्न खोज्ने तर रुन्चे कर्म भएको


पिर चिन्ता नभएको


तर पिरै पिर र चिन्तै चिन्ता आइलाग्ने


म हराएको छुभेट्टाएमा


मलाई नै बुझाई दिनुहोला ।
अती देश प्रेमी तर बिदेसिएको


अती आफन्त प्रेमी तर बिछोडिएको


आदर्शबादी तर व्यबहारिकताले किचेको


ठुला सपना देख्ने तर बिपनामा केही नगर्ने


पैसो बिना नथुक्ने


जमानामा जन्मेको


तर सित्तैमा जती पनि जोत्न सकिने


अर्काले उचाल्न पछार्न नसक्ने तर आँफै उचालिने पछारिने म हराएको छु


भेट्टाएमा मलाई नै बुझाई दिनुहोला ।
देश फर्कने चाहना भएको


तर बाटो खर्च जुटाउन नसकेको


योजना धेरै भएको


तर कार्यन्वयन गर्न नसकेको


प्रगतिशिल सोचाइ भएको


तर यथास्थितिमै रुमल्लिइरहेको


अगाडी बढ्न खोज्ने तर बैशाखी नभै नहुने


सतहबाट माथि उठ्न खोज्ने


तर उठ्न खोइ के भको के भको यस्तो


म हराएको छु कृपया भेट्टाउनेले मलाई नै बुझाई दिनु होला ।

रामप्रसाद खनालको भन्नु यती मात्र......


वास्तवमा भीमसेन थापा त्यसै शेरिएर मरेका रहेनछन्, भनिएझैं साँच्चै सतीले श्राप गरेको देश नै रहेछ भन्ने निष्कर्षा म पनि पुगेको छु ।सानैमा सात/आठ वर्षेखि गीत संगीतमा होमिएको मेरा हालसम्म ३८ वटा गीती क्यासेट, भिसीडी, सीडीहरु, १३ वटा गीत संगीत सम्बन्धि पुस्तक प्रकाशित भई बजारमा छन् । १५ वर्षआफ्नै निष्प्ाक्ष साप्ताहिकको नियमित संपादन/प्रकाशन, रेडियो नेपालको कार्यक्रम संचालक, निर्माता हुँदै नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशकदेखि संचालकसम्म र टेलिभिजनकै संचालक सम्म रहेर काम गर्दाका दौराहान आजसम्म जे जति कार्य गरियोे "कौवाले कान लग्यो भनेर हल्ला गर्दा कानै नछामि कौवाका पछाडि दौडने" केही हावादार, बेरोजगार, टपरर्टर्ुइंयार्,र् इष्र्यालुहरुबाहेक कसैले कहीं कुनै खोट लगाउन सक्ने काम गरिएन । खुट्टा तान्ने बाँदरे प्रबृतिका आफ्नै पत्रकारिता क्षेत्रका केहर्ीर् इष्र्यालुहरुले बेलाबेला मेरो पनि चरित्र हत्या गर्न प्रपोगण्डा गर्ने गरेका छन् ।म्ौले "तीतामीठा अनुभुतीहरु" र पछिल्लो "गुल्मीदेखि अमेरिकासम्म" नामक दर्ुइ पुस्तकमा यस बारेमा धेरै लेखिसकेको छु । यतीमात्र होइन मेरो १५ वर्षनियमित प्रकाशन भएको निष्पक्ष साप्ताहिकका केही अंकमा समेत मेरो चरित्र हत्या गर्ने बाँदरे केहर्ीर् इष्र्यालुहरुलाई प्रमाणित गर्न चुनौती दिंदै र्सार्वजनिक रुपमा बोलेको छु । टीभी, रेडियो, पत्रपत्रिकाहरुमा अन्तर्वार्ता दिएको छु । आजसम्म कुनै माइकालालले प्रमाणित गर्न सक्षम भएका छैनन् र हुने पनि छैनन् किनकि "नखाएको विष लाग्दैन" ।
रामप्रसाद खनाल एउटा लोकदोहोरी गायक, पत्रकार, कलाकार वा को हो, साह्रा नेपालीलाई थाहा छ । थाहा नहुनेहरुका लागि http://www.ramprasadkhanal.blogspot.com/ काफी छ, क्लिक गरेर हेरे हुन्छ । ३८ वटा गीती क्यासेट, १३ वटा पुस्तक, १५ वर्षपत्रिका प्रकाशन, १९ वर्षो पत्रकारिता जीवन, जिल्ला, अंचल, क्षेत्रिय स्तरका ५० भन्दा बढी र अन्तर्रर्ााटय पुरस्कारहरुले विभूषित सम्मानित पक्कै त्यसै भइएन होला । २६ देश त्यसै घुमिएन होला । अमेरिकाले पनि एक्स्ट्रा अर्डिनरी (Extra Ordinary Ability EB-1) अर्न्तर्गत त्यसै सवपरिवारलाई ग्रीन कार्ड दिएर सम्मान गरेन होला । जे छ रामप्रसाद खनाल खुल्ला छ । मेरा हरेक कुरा कितावका पाना जस्तै खुल्ला छन् ।न पत्रकार, कलाकार भएर कुनै दिन जाँडले मात्तियो, न भिखारी जस्तो भएर हिँडियो, न कसैका श्रीमती, चेलीबेटी माथि छड्के नजर लगाइयो । ब्यंग गर्नेहरु मलाई भन्छन् "यो सव नजानी खनालजी तपाईं कसरी पत्रकार, कसरी कलाकार -!"मेरो बारेमा पछाडि टिकाटिप्पणी गर्ने बाँदरे प्रवृत्तिका हुतिहाराहरुलाई मैले धेरै पटक चुनौती दिएको छु । आज फेरी पनि खुल्ला चुनौती दिन्छु रामप्रसादलाई दोषी प्रमाणित गर, झुण्डिन तयार छ खनाल, जिउँदो बाउले जन्माएको छोरो हो खनाल ।लेखन शैली, कला, साहित्य, गीतसंगीत, पत्रकारिता, कर्म गर्ने, कर्ममा स्वस्थ प्रतिष्पर्धाका लागि खुल्ला आहृवान पनि गर्छ । माओवादीले अपहरण गरेर तीन दिन केरकार गर्दा माओवादीले केही कुनै खोट लगाउन नसकेर इज्जतसाथ रिहा गरेको खनाल । नेपाल पत्रकार महासंघले मेरो गल्ती पुष्टि गर्न नसकेर २०५२ सालमा सदस्यता फुकुवा गरि सफाइ दिएको म, मदन भण्डारीको अन्तर्वार्ताको विषयलाई जोडेर मलाई बद्नाम गर्न खोज्ने बीचमा तत्काल पार्टर्ीीटै सफाई पाएको म, राष्ट्र राष्ट्रियता कला र संस्कृतिलाई माया गर्ने म, आफ्नो खुबीले रामप्रसाद खनाल भएको म माथि लाञ्छना लगाउन खोज्ने हिजडाहरुलाई आफ्नो अनुहार एकपटक एैंनामा हर्ेन आग्रह गर्दछु ।
रामप्रसाद खनाललाई तत्कालिन राजाले बोलाएरै "मैले देशमा साँचो प्रजातन्त्र वहाल गर्छर् माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँछु, तिमी हरुले पनि सहयोग गर्नु पर्यो" भन्दा मैले साँच्चै राजाले केही गर्न चाहेका हुन् भने साथ दिनर्ुपर्छ भनेर साथ दिएको सत्य हो र भने अनुसार राजा र राजसंस्थाको भूमीका निर्वाह नभएकोले यो स्थिति आएको पनि त्यत्तिकै सत्य हो । त्यसमा लुकाउनु पर्ने केही छैन । जुन राजा आफैले गद्धि छाडेर नागार्जुन हिडे, राजालाई नै राजसंस्था चाहिएन र विना रक्तपात गणतन्त्र आयो, अव पनि हामीलाई राजावादी भनेर खेद्ने, ज्ञानेन्द्रले त राम्रो गरेनन् गए, नयाँ नेपालका नयाँ ज्ञानेन्द्र रुपी अरु छोटे ज्ञानेन्द्रहरुले कुन वाघ मारे, देशमा के राम्रो गरे - देख्न पाए राम्रो हुन्थ्यो ।राष्ट्र रहोस्, राष्ट्रियता रहोस्, शान्ति होस्, भाईभाई लडेर मर्न नपरोस्, त्यो सिवाय मेरो कुनै वाद छैन । मलाई राजावादी वा फलानो ढिस्कानोवादी भनेर आरोप लगाउनेहरुलाई म यति भन्न चाहन्छु । नेपाली जनताले सहि गर्दै छन् या गलत, इतिहासले बताउनेनै छ । तर जनताले गर्ने फैसला मान्नै पर्छ, म मान्छु ।भर्खर फेरि माईसंसार ब्लगमा फेरि एउटा अर्को प्रसंगमा मेरो नाम जोडेर बद्नाम गर्ने प्रयास भएको रहेछ । हेरें बेनामी लेख, कान नछामी कौवाका पछाडी दौडनेदेखिर् इष्र्यालु बाँदरे प्रवृत्तिका खुट्टा तान्नमै जीवन खर्चिरहेका बेनामी र छद्नामी केही -पर््रर्वुद्ध -)हरुको प्रतिक्रिया, कुकुर भुक्तैमा हात्ती पछाडि हट्ने, र्फकने भए, झिंगाको श्रापले डिंगा मर्ने भए, काग कराउँदै जाँदा पीना नसुक्ने भए मलाई पनि के हुन्थ्यो, म आफैलाई थाहा छैन । श्रापले मर्ने भए रामप्रसादका हालसम्म धेरै श्राद्धहरु भईसक्थे होलान् । तर, केही हुनेवाला छैन । "बाँदरले न त आफ्नो घर बनाउँछ न त अर्काले बनाएको देख्न सक्छ" भनेझैं हुनर््र् इष्र्यालुहरु । गुल्मीको एउटा गाउँमा जन्मिएको रामप्रसाद बुटवल, काठमाडौं हुँदै आज अमेरिकासम्म आउँदा जलेर मर्नेहरु मदैं गर्छन्, रामप्रसादलाई अझ धेरै लामो यात्रा गर्नु छ । हर्ेर्दै जाउर् इष्र्यालुहरु, रामप्रसाद खनालले अझ धेरै रगत तिमीहरुका आँखाबाट झार्ने छ । खुबी हुनेहरु गर्दै जान्छन्, लाचार र हिम्मतहाराहरु अरुलाई उडाएर खुट्टा तानेर्रर् इष्र्या गरेरै बस्छन् र तिनीहरु सधै सडकमै रहन्छन् । त्यसैले त मेरो एउटा गीत बजारमा आएको थियो, याद आयो "बाँदरको चाल गर्छन् सबैले, अघि बढ्ने सांेच्दैन् कसैले, हाम्रो नेपालमा" । कुन्ति मोक्तानको अर्को गीत पनि याद गर्रर् इष्र्यालुहरु "म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर" । बरु खुट्टा तान्नेहरु कम भए भने मान्छेको अगाडि बढ्ने क्रम रोकिन सक्छ । अस्तु ।।

जीवनको अन्तिम सत्य र हाम्रा कर्महरु

-Lekh Nath Gatuam
मानिस जन्मे पछी मर्छ । यो ध्रुब सत्य कुरा हो । यस्लाई कुनै नियम वा बिधिले रोक्न सक्दैन । मानिस जङगली अवस्थाबाट बिकास हुँदै बर्तमान अवस्थासम्म आइपुग्दा उसका चाहना, बाध्यता र परिस्थिती पूर्ण रुपमा बदलिएको छ । जती जती समाज आधुनिक हुँदैछ त्यती त्यती मानिस स्वार्थी र एकलकाटे बन्दैछ । आफ्ना असिमित चाहना पुरा गर्न जुनसुकै मार्ग अपनाउन तयार छ । आफ्नो इक्ष्या पुर्तिको लागि अर्काको गला रेट्न कुनै अफ्ठ्यारो मान्दैन । दाजुभाइ, इस्टमित्र र सामाजिक बन्धनहरु उसको लागि फगत स्वार्थ पुर्तीको भर्र्याङ् बन्दछन् । एकदिन मर्नु नै पर्छ भन्ने कठोर सत्यलाई आत्मसात नगरि सदा अमर रहन्छु झै गरी कुकर्ममा लिप्त भइरहन्छ ।
संसारभरिको यो द्रब्य होड आधुनिक संसारमा उपलब्ध भएका अनेकौ सामाग्रीहरु र तिनिहरुको उपयोग गर्ने तिब्र आकान्क्ष्याको प्रतिफल हो । संसार घुम्ने देख्ने, बहुमुल्य बस्तुहरु प्रयोग गर्ने चाहना र प्राय पैसा भएमा सबै चिज प्राप्त गर्न सकिने परिस्थिती पनी यि याबत मानबिय कुकर्महरुको कारण हो । मान्छे जब मृत्‍यु सैयामा छट्पटाउछ उसले जिबनको अर्थ थाहा पाउछ तर त्यती बेला ढिला भइसकेको हुन्छ । जिन्दगी भर जीवनको अर्थ नखोजी संसारिक जीवनको क्ष्यणिक खुशीको लागि आफुले गरेका कुकर्महरुले उसलाई पोल्न थाल्छन् । आफ्नो निहित स्वार्थ पुर्तिको लागि आफ्ना इस्ट मित्र, बन्धु बान्धब र सम्बद्द सबैलाई प्रयोग गर्दै, उपयोगीता सिद्दिएपछी लात हान्दै गरेको झल्झल्ती याद आउछ जस्ले उस्लाई पोल्छ र नरकको अनुभुती गराउछ ।
कस्तो आयो जमाना यहाँ हेर मानवको बस्तिमा मानिस भुल्न थाल्यो दुनियाँमा अमृत छाडी रक्सिमा ।नातागोता इस्टमित्र दाजु भाई लत्याउछन् है किन चाहिन्छ सबथोक यहाँ सबैलाई चाहे काढेर होस् रिन ।।
घुम्छन् दिनभर बजारमा यहाँ केही पाईन्छकी भनेर चाहेको चिज लिनै पर्दछ फेरी सबै आफ्नै ठानेर । घ्रिणा, लोभ द्वेश अनी क्रोध गहनामा गनिन्छ सारा पाप गरी धन कमाए पनि इज्जत त्यस्को मानिन्छ ।।
पैसाको लागि मानिस हेर यहाँ मारामार गर्दछन् इमान के हो हराइगयो दुनियाँमा धनकै लागि लड्दछन् । आफ्नो अर्को कोही छैन यहाँ द्रब्य बाहेक संसारमा लक्ष्य केही छैन जीवनको पनि बिते दिन बेकारमा ।।
हे मानव छोडिदेउ ब्यभिचार तिमीले सत्मार्गमा लागिदेउ बन्धुत्व मानवता अनी भाईचारा बाटो असल हो ठानिदेउ । तिम्रो जन्म किन भयो दुनियाँमा सोचेर बिचार गर सेवा गरी दिन दुखि जनको भवसागर पार गर ।।
त्यसैले हामी सबैले आज मेवाको लागि होइन निस्वार्थ सेवा गर्ने प्रण गरौ । द्रब्य सङ्कलन मात्र जीवनको लक्ष्य होइन भन्ने बुझौ । तेरो र मेरो भन्दै आफ्नो स्वार्थ पुरा गर्न जे पनि गर्ने बानी त्यागौ । अन्तिम सत्य मृत्‍यु हो भन्ने कुरा आत्मसात गरौ । अनी मात्र हाम्रो यो जीवन यात्रा सजिलो र कल्याणकारी हुनेछ । अनी मात्र हामी मृत्‍यु पर्यन्त संसारमा जिवित रहनेछौ ।

Saturday, November 15, 2008

Tuesday, November 4, 2008

Barrack Obama Elected 44th President of USA

Creating a history in America, Barrack Obama, 48 years old Illionios Senator, has become the 44th President of United States of America defeating John Mccain an America Hero. He is the first African American who is elected President as the President of United States. I congratulate him on his grand success in tight 21 months long race.