
म हराएको सुचना
सन् २००४ फेब्रुअरी ५ तारिखमा अमेरिका आएदेखी म मेरो आफ्नो भूमिका, मेरो स्थान र मेरो धरातलको खोजिमा छु । तर मैले आफुलाई कहिल्यै भेट्टाउन सकिन । धेरै पैसा कमाउने ठुलो सपना छोडेर पनि म आफ्नो परिचयको खोजिमा अझै भौतारीइरहेको छु । खै मैले कहिले चिन्छु, कहिले पत्ता लगाउछु, यो संसारको भुमरिमा, यती सारा मान्छेहरुको भिड्मा । तर म आफ्नो खोजी जारी राखेको छु । यहाँहरुले पनि मलाई कतै भेट्टाउनु हुन्छ कि ?
धेरै महत्वाकाङ्क्ष्या नभएको इक्ष्या धेरै भएको
आशा धेरै भएको निराशा हुँदै नभएको
तर दुनियाँ चिन्न नसकेको
धन चिन्न नभ्याएको
म हराएको छु
भेट्टाएमा मलाई नै बुझाई दिनु होला ।
गाउमा मास्टरी गर्दा गर्दै
गाउमा मास्टरी गर्दा गर्दै
डि.भि चिट्ठा परेर
थोत्रो साईकल बेचेर
हावाजात चढेर
सरर अम्रिका छिरेको
डलर को भारी पुर्याउन
कहिले उता अनी कहिले यता गर्ने
तर बैंक खातामा जीरो
र क्रेडिट कार्ड मा टन्न क्रेडिट भएको
म हराएको छु
भेट्टाएमा मलाई नै बुझाई दिनु होला ।
सहयोग गर्न खोज्ने
सहयोग गर्न खोज्ने
असहयोग गर्नै नजान्ने
राम्रो गर्ने तर जस कत्ती नपाउने
नराम्रो नगर्ने
तर गाली पाउने
स्पस्ट बोल्दा गाली खाने
तर चाप्लुसी गर्नै नजान्ने
साचो बोल्ने बानी भएको
तर सबैलाई चित्त बुझ्ने कुरा नजान्ने
म हराएको छु
भेट्टाएमा मलाई नै बुझाई दिनुहोला ।
दर्शन नपढेको
दर्शन नपढेको
तर दार्शनिक पढेको सिद्धान्त नपढेको
तर ज्ञान पढेको धेरै जान्न खोज्ने
तर केही थाहा नभएको
पढ्न खोज्ने तर पढेको बिर्सने बानी भएको
लेख्न खोज्ने तर लेख्न नजान्ने
हास्न खोज्ने तर रुन्चे कर्म भएको
पिर चिन्ता नभएको
तर पिरै पिर र चिन्तै चिन्ता आइलाग्ने
म हराएको छुभेट्टाएमा
मलाई नै बुझाई दिनुहोला ।
अती देश प्रेमी तर बिदेसिएको
अती देश प्रेमी तर बिदेसिएको
अती आफन्त प्रेमी तर बिछोडिएको
आदर्शबादी तर व्यबहारिकताले किचेको
ठुला सपना देख्ने तर बिपनामा केही नगर्ने
पैसो बिना नथुक्ने
जमानामा जन्मेको
तर सित्तैमा जती पनि जोत्न सकिने
अर्काले उचाल्न पछार्न नसक्ने तर आँफै उचालिने पछारिने म हराएको छु
भेट्टाएमा मलाई नै बुझाई दिनुहोला ।
देश फर्कने चाहना भएको
देश फर्कने चाहना भएको
तर बाटो खर्च जुटाउन नसकेको
योजना धेरै भएको
तर कार्यन्वयन गर्न नसकेको
प्रगतिशिल सोचाइ भएको
तर यथास्थितिमै रुमल्लिइरहेको
अगाडी बढ्न खोज्ने तर बैशाखी नभै नहुने
सतहबाट माथि उठ्न खोज्ने
तर उठ्न खोइ के भको के भको यस्तो
म हराएको छु कृपया भेट्टाउनेले मलाई नै बुझाई दिनु होला ।
No comments:
Post a Comment