Thursday, December 25, 2008

अर्कैको लागि समर्पित जिन्दगी र हरेराम

बर्ष उनको ५६ । नाम हरेराम । दुई छोरा, एक छोरी र ४ नाती नातिनाका हजुरबुवा हुन् उनी । छोराहरु मध्य जेठो कलेज मा प्रध्यापक, माहिलो बिदेशतिर र कान्छो डिग्री गर्दै छ कलेजमा । जेठाको बिहे भईसक्यो अनी माइलाको पनि । कान्छोको बिहे नभएपनी चलन अनुसार गर्ल फ्रेण्ड फेरी फेरी हिड्छ महिनै पिच्छे । माइलाको परिवारै बिदेश पलायन भईसके । बेला बेलामा अलिकती पैसा र अक्कल झुक्कल फोनको घण्टी माइलाको अस्तित्व हो । जेठाका छोरा छोरी ठुल्ठुला भईसके । हरेराम शर्माकी श्रीमती अली रोगी छिन् । उनलाई धम्की बाथको रोग छ । औषधी बार्है मास टुटाउनु हुँदैन । एकदिन औषधी छुट्यो कि स्या स्या सुरु हुन थालीहाल्छ । चिसो पानी पनि उनको प्राण लेला जस्तो हुन्छ । यस्तोमा श्रीमतीको स्याहार सुसार गरेर बस्दैछन् ॠषिराम । घरमा बुढाबुढी बाहेक कोही छैन । बुढो घरमा बुढाबुढी दिनहरु काट्दै छन् ।
बाहिर झमझम पानी परीरहेछ । घरको छानाबाट सानो तिनो कुलो झै पानी बगिरहेछ । हरेराम आफ्नो बिगत र बर्तमान गहन कल्पना गर्दैछन् । श्रीमती मात्र होइन आफु पनि युरिक एसिडको रोगी छन् । सानै छदा रुखबाट लडेर भाचिएको हात चिसो देख्ने बित्तिकै चसक्क दुख्न थाल्छ । उच्च रक्तचापको पनि रोगी छन् उनी । "नुन कम खानु" यो डाक्टरको ठाडो आदेश छ । चिल्लो खायो कि पेट दुख्न थालिहाल्छ । पिरो अमिलो त बिश नै हो । समग्रमा उनलाई जिब्रोले जाती मान्ने चिजको सेबन गर्नै हुँदैन । रमाइलोमा, जमघटमा र चाडबाडमा बल्मिच्याइ गरेर केही खायो कि त्यस्पछिको हप्ता या त पिडामा बिताउनु पर्छ या त डाक्टरको दर्शन गर्नु पर्छ । त्यसैले उनलाई कि दसैं तिहार आउछ, न चाड बाड, न भोज न बिहे न जमघटको मोजमस्ती । अलिनो र स्वादहिन परीकारको सेवन उनको बाध्यता हो । यहाँ सम्मकी फल्फुल पनि बिश झै बन्दिन्छ उनको लागि । "यस्तो पनि जिन्दगी" मन्मनै सराप्छन् हरेराम आफ्नो जिन्दगीलाई । न केही खान हुन्छ न कही जान नै पाईन्छ । घर कुर्यो, मृत्‍यु पर्ख्यो बस्यो । यही हो हरेरामको नियती आज । आफ्नो जिन्दगी प्रती गुनासो गर्दा गर्दै उनी आफ्नो कल्पनाको सागरमा हराउछन् । उनी आफ्नो बाल्यकाल, युबा अवस्था देखी अहिले सम्मका घुम्ती र मोडहरुको कल्पनामा चुर्लुम्म डुब्न पुग्छन् ।
१६।१७ बर्षको हुँदा उस्लाई झिल्के भन्थे गाउमा । भर्खरै बैसले मनमत्त भएको थियो हरेराम । सर्लक्क परेको जिउ थियो उसको । गाउ घरको भैंसीको सुद्ध घिउले तन्दुरुस्त थियो । धोएर चिटिक्क परेका लुगा, छाते टोपी र गम्बुट लगाएर हिड्दा उस्लाई मान्छे हरुले हेरी रहन्थे । "कस्तो राम्रो झिल्के देखिएको हरेराम तिमी ?" प्रतिकृया सबैको त्यही हुन्थ्यो । स्कुलमा पनि उसको राम्रै स्थान थियो । पढाईमा राम्रो विद्यार्थीमा पर्दथ्यो । कहिले पहिलो कहिले दोश्रो भईरहन्थ्यो । पढाईमा राम्रै र व्यबहारमा चन्चले स्वभावको थियो । बुवा आमाले अती माया गर्ने भएकोले घरमा पनि पुल्पुलिएको थियो उ । घरमा काम नगरि हल्लिदै हिंड्नु, गाउमा पात बजाउदै तलमाथी गर्नु, बिदाको दिन गाई चराउन जङगल जानु अनी बिहे जस्ता जमघटमा खुलेर नाच्नु उसको जीवनका अरु क्षणहरु हुन् । वास्तवमा उसको जीवन बिन्दास रुपमा बितिरहेको थियो । तर भने जस्तो कहाँ हुन्छ र ? उसका बुवा उ १८ बर्षकै हुँदा छोडेर भिरबाट खसेर मृत्‍यु बरण गरे । हरेराम घरको माइलो छोरो हो । उसका दाजु भारतमा जागिर गर्थे । घरमा आफु भन्दा सानो भाई र बिधवा आमाको दयनिय अवस्थाले गर्दा उस्लाई ठुलो झट्का लाग्यो । दाजु बिदेश भएकोले घरको मुली उही बन्नु पर्ने भयो । हिसाब किताब र घर व्यबहार पनि उसैको टाउकोमा आइलाग्यो । उसमा रहेका अशिमित चाहना र आकाङ्क्ष्या हरुमा अचानक इमर्जेन्सी ब्रेक लाग्यो । उसलाई जिम्मेबारिको भारीले थिच्यो । उसमा रहेको अल्लारेपन र रमाइलो गर्नुपर्ने बानी परिवर्तन भयो । घरमा आमालाई सघाउदै एस.एल.सी पास गर्‍यो । एस.एल.सी मा पनि प्रथम श्रेणीमा पास भयो हरेराम । उच्च शिक्षा हासिल गरेर देश र समाजको सेवा गर्ने उसको सपना थियो । आखिर त्यो उसको चाहना मात्र पनि त थिएन ? अधिकार पनि त थियो । पढाईमा राम्रो गरेको र धेरै पढेर देश र समाजलाई केही दिन चाहने उसको इक्ष्या नाजायज पनि त थिएन । तर उसको त्यो सपना पुरा हुन सकेन । उसङगै पढ्ने रिता पनि प्रथम श्रेणिमा पास भई अनी पढ्न शहरतिर लाग्ने भई । लभ गर्ने जमाना नभए पनि मन्मनै उनिहरु एक अर्कालाई औधी मन पराउथे । आँखा आँखाको ईशारामा कुरा गर्थे । एक अर्कालाई माया गरेको भन्न नसके पनि दुबैलाई थाहा थियो कि उनिहरु एक अर्का बिना बाँच्न सक्दैनन भनेर । तर समयले उनिहरुलाई छुट्टाउने नै भयो । रिता शहर पसी । हरेराम गाउकै स्कुलमा आस्थायी शिक्षकमा भर्ती भयो ।
अब आमालाई बुहारी चाहियो । रिताले पढेर फर्के पछी बिहे गर्ने भनेको सम्झ्यो अनी उ सँग बिताएका क्षणहरु ताजा बनेर आए । तर परिस्थिती उसको काबु बाहिर थियो । न त रिता सँग भर्खरै बिहे गर्न सम्भव थियो न त कुर्न नै । आमा अली कम्जोर हुनुहुन्थ्यो । दाईको परिवार पुरै ईन्डिया भएकोले उस्ले नै अब आमा र सानो भाईको हेरचाह गर्नुपर्ने भयो । घरमा केही छैन भने पनि प्रसस्तै काम हुन्छ । गाई भैंसी र खेत बारीको काम साथै घरमा पकाउने र ख्वाउने काम पनि महाभारतै हुन्छ । रितालाई अन्तिम पत्र लेख्यो । जवाफमा अझै केही बर्ष बिहे गर्न नसक्ने रिताको पत्र प्राप्त गर्‍यो । अनी गाउकै एक केटी सँग उस्को मागी बिहे भयो । आमा र परिवारको लागि मृत्‍यु पर्यन्त सँगै हुने कसम खाएको माया सँग बिछोड भयो । अरुको लागि उस्ले आफ्नो खुशी र मायाको बली चढायो । आफ्नो भबिस्य सँग जोडीएको पढाईको बली दिएको केही महिनामै उसले आफ्नो मन परेको जीवन साथी गुमायो । वास्तवमा उस्ले आफ्नो अन्तरआत्मालाई र आफ्नो खुशी लाई परिवारको लागि सम्पूर्ण रुपमा समर्पण गर्‍यो । घरको काम अनी स्कुलको काम गर्दै आफ्नो जीवनमा थुप्रै सम्झौताहरु गर्दै जिन्दगी घिसार्दै लग्यो ।
दिन बिते, बर्ष बिते अनी दशक बिते । छोरा छोरी जन्मे हुर्के अनी बढे । त्यही बिचमा आमा परलोक लागिन् । ४ केटा केटी र सिमित पैत्रिक सम्पत्ती अनी जागिरको थोरै आम्दानीको सहारामा हरेरामको जीवन यात्रा एनकेन अगाडि बढी रह्यो । आफु पढ्न नपाएपनी आफ्ना सन्तानहरुले त्यस्तो नियती भोग्नु नपरोस् भन्ने उसको चाहना थियो । उनिहरुको भबिस्य पढाईमा निर्भर छ र चाहे जती पढाउनु पर्छ भन्ने भन्ने उसको मान्यता हो । रिण, धन र अथक परिस्रम गरेर छोरा छोरीलाई गाउको शिक्षा पुरा गराइ शहर पनि पठाए । भन्ने हो भने हरेरामले आफ्नो लागि जिन्दगी कहिल्यै पनि बचेँनन् । आफ्नो लागि कहिल्यै पनि सोचेनन् । खुशी र मनोरन्जनले उन्को जीवनमा कहिल्यै पनि पाइला टेकेन । कहिले बुवा आमा, कहिले दाजु भाई र कहिले छोरा छोरी र श्रीमतीको लागि आफ्ना इक्ष्या र चाहनाहरुको बलीदान गर्दा गर्दै उसको जिन्दगी बित्यो । राम्रो लगाउने, मिठो खाने र रमाइलो गर्ने उस्को पनि त धोको थियो । आफ्नो जिम्मेबारी निर्बाह गर्दा गर्दै उसले आफ्ना ति चाहनाहरु कहिल्यै पनि पुरा गर्न सकेन । त्यसैले उस्ले ठान्छ उस्को जीवन अपुरो छ । अधुरो छ । उस्लाई नयाँ जिन्दगी जिउन मन लाग्छ । तर अब त्यो सम्भब छैन । बुढेसकाल्मा त केही बोले पनि उल्टो सुन्छन् सबै जना । राम्रो लगाए पनि नकारात्मक रुपमा हेर्छन् दुनियाँले । अब जीवनको कुनै रङग छैन । जीवनको कुनै उमङग छैन । हरेराम सराप्छन् आफ्नो बिगत र बर्तमान लाई । उनी सँगै पढ्ने साथीहरुको बर्तमान र बिगत मनोरन्जन र आनन्दले भरिएको छ । तर उनको ??????

अहिले हरेराम छोराछोरी र परिवारको जिम्मेबारीबाट मुक्त भएको छ । खाली कान्छो छोराको बिहे गर्न बाँकी छ । छोरीको पनि पोहोर साल बिहे भईसक्यो । घर परिवारमा त्यती असन्तोष छैन । सबै कुरा पुगेकै छ । तर पनि उस्लाई कहिले काही आफ्नो जिन्दगी अपुरो जस्तो लाग्छ । कहिले काही नुन नपुगेको तरकारी जस्तो, घाम बिनाको दिन जस्तो, हरियाली बिनाको बसन्त जस्तो, जुन बिनाको रात जस्तो लाग्छ । कतै केही नपुगेको महसुस हुन्छ । जिन्दगी भर आफ्ना चाहना र रहरहरुलाई बलेबेदिमा चढाउदै अर्कैको लागि बाच्नु परेको यथार्थले कहिले काही पोल्छ पनि उस्लाई । के आफ्नो जीवन जिउने अधिकार उस्लाई थिएन त ? के उसले जिन्दगी भर आफ्ना चाहना र इक्ष्या आकङ्क्ष्याको बली अर्काको लागिनै बली चढाउनु सही हो त ? यही प्रश्नले हरेराम लाई झक झकाइ रहन्छ हरपल । पछ्छाइ रहन्छ दिन रात । भित्र बाट श्रीमतीको आवाज आउछ । औषधी दिनुस् त । उनी कल्पनाको सागरबाट फेरी यथार्थमा आइपुग्छन् । अस्तु ।

No comments:

Post a Comment